एसी मिलानको सहज जित
आइतबार, २३ फाल्गुण २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा एसी मिलानले हेलास भेरोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
भेरोनाको मैदानमा मिलानलाई जित दिलाउन रेड क्रुनिच र डियोगो डालोटले एक एक गोल गरे ।
खेलको २७ औं मिनेटमा क्रुनिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५० औं मिनेटमा डालोटले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
जितसँगै मिलानले २६ खेलबाट ५६ अंक जोडेको छ ।
मिलान लिगको दोस्रो स्थानमा रहेको छ ।
भेरोना ३८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।







-1766541370309.webp&w=3840&q=75)





