काठमाडौं । थ्रीस्टार र एपीएफ क्लब पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको लिग खेलमा थ्रीस्टारले बुढानिलकण्ठलाई २५–१५,२५–१२,१९–२५ र २५–१५ को सोझो सेटमा हराँउदै एक खेल अगावै क्वाटरफाईनलमा स्थान बनाएको हो । थ्री स्टारले समूह 'ग' मा अपराजित रहदै २ खेलबाट ६ अंक बनाएको छ ।
यस्तै समूह 'ख' बाट एपीएफले पनि अपराजित रहदै २ खेलबाट ६ अंक जोड्दै एक खेल अगावै क्वाटरफाईनलमा स्थान सुरक्षित गरेका छन् । आइतबार एपीएफले वडिगार्ड गापालाई २५–१९,२३–२५,२५–१४ र २५–१९ को सेटमा स्तब्ध बनायो ।
त्यस्तै 'क' बाट गिताञ्जली पनि अपराजित रहदै २ खेलबाट ६ अंक जोड्दै क्वाटरफाईनलमा पुगेको छ । गिताञ्जलीले बेल्कु धादिङलाई २५–१०,२५–५ र २५–१० को सोझो सेटमा स्तब्ध बनायो ।
प्रतियोगितामा नेपाल छन्त्याल संघले पनि पहिलो जित निकालेको छ । समूह 'ग' मा रहेका छन्त्याल संघले सुर्यदीप कलेजलाई २५–१२,२५–२१ र २५–२२ को सोझो सेटमा हरायो ।
प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएका छन् । बिजेताले १ लाख उपाबिजेताले ६० हजार र तेश्रो हुनेले ३५ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल पाउने छन् ।