काठमाडौं । भलिबल खेलका राष्ट्रिय रेफ्रीद्धय विजय केसी र विकास गुरुङले एसियाली स्तरको रेफ्री कोर्ष पुरा गरेका छन् ।
नेपाल भलिबल संघका राष्ट्रिय रेफ्रि रहेका विजय र विकासले एसियन अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेड परिक्षा उतीर्ण गरेका छन् ।
एसियन भलिबल महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय रेफ्रि सेमिनारमा नेपालका तर्फबाट विजय र विकासले सहभागिता जनाएका थिए ।
थाइल्यान्डमा भदौ २० देखि संचालन भएका रेफ्री कोर्षबाट सफलता प्राप्त गरेका दुवैले एसियामा हुने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा रेफ्रिको भूमिका निभाउन पाउने छन् ।