बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'बी' डिभिजनमा तिलोत्तमा क्रिकेट क्लबले जित निकालेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा मंगलबार भएको खेलमा तिलोत्तमाले लुम्बिनीलाई ४ विकेटले हराएको हो ।
पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभर १ बलमा अलआउट हुँदै ७१ रन बनाएको थियो ।
उसका लागि जाभेद खानले ३१ रन जोड्दा आकाश पाठकले १३ रन बनाए ।
तिलोत्तमाका कृष्ण पराजुलीले ११ रन खर्चिएर ८ विकेट लिए । सन्देश जिसीले २ विकेट लिए ।
लुम्बिनीले दिएको ७२ रनको लक्ष्य तिलोत्तमाले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
तिलोत्तमाका सन्दीप केसीले १८ रन जोड्दा बिष्णु कटरियाले ११ रन बनाए ।
विकल छेत्री १४ तथा घनश्याम थारु १३ रनमा अविजित रहे ।
लुम्बिनीका गणेशले ३ विकेट लिए ।
लिगमा १२ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार प्रदान गरिने छ ।