काठमाडौं । पाँचौ ढोरपाटन खुल्ला पुरुष भलिबल जिएमई–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा चितवन टाईगर र थ्रीस्टार एकेडेमीले विजयी सुरुवात गरेका छन् ।
शनिबार भएको खेलमा चितवनले धादिङलाई २५–२२,२५–१८ र २५–१४ को सोझो सेटमा हरायो । त्यस्तै थ्रीस्टारले नेपाल छन्त्याल संघलाई २५–१३,२३–२५,२५–२२ र २७–२५ को सेटमा हरायो ।
यस्तै शनिबार भएको अर्को खेलमा एपीएफ र गिताञ्जली कलेजले जित हात पारेका छन् । एपीएफले ग्लासियर कलेजलाई २५–१४,२५–१४ र २५–१४ को सोझो सेटमा हरायो । गिताञ्जलीले एन्जल्सहार्ट कलेजलाई २५–१३,२५–१४ र २५–२० को सोझो सेटमा हरायो ।
प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका बिजेताले १ लाख,उपबिजेताले ६० हजार र तेश्रोले ३५ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीले मोटरसाइकल साईकल प्राप्त गर्नेछ ।