काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघले कभर्ड हल निर्माण गर्ने भएको छ । संघले कभर्ड हल निर्माणका लागि काभ्रेको साँगा र जनागालमा जग्गाको पहिचान गरिसकेको जनाएको छ ।
संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले नेपालस्थित भारतीय राजदूतावासको सहयोगमा कभर्ड हल निर्माण गर्न लागेको जानकारी दिए । नेपाल केन्पो खुकुरीमा मार्सल आर्ट संघ प्रदेश ३ को विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष पाण्डेले २५ करोडको लागतमा तीन वर्षभित्र कभर्ड हल निर्माण गर्ने लक्ष्य रहेको बताए ।
कभर्ड हल निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाइने उनले बताएका छन् । अध्यक्ष पाण्डेले तुलनात्मक रुपमा प्रदेश ३ सुस्त देखिएको भन्दै शाखा गठन, डोजो सञ्चालन र खेलाडी उत्पादनमा जोड दिन सम्बन्धित पदाधिकारीलाई निर्देशन समेत दिए।
यस्तै बैठकले प्रदेश ३ का बाँकी जिल्लाहरु असोज मसान्तसम्म शाखा गठन गरिनसक्ने निर्णय गरेको छ । प्रदेश ३ का अध्यक्ष मुक्ति विष्ट तथा सचिव रमेश खतिवडाले प्रदेशलाई नमूना प्रदेशका रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका थिए ।
स्थापनाको छोटो अवधिमै संघले ५६ जिल्लामा शाखा गठन गर्न सफल भएको छ ।