एजेन्सी । जब जर्मनीको कुरा आउछ, संगै आउछ उनको प्रर्दशन, अनि उसको लय ।
जर्मनीले पछिल्ला ६ मैत्रिपुर्ण खेलमा मात्र एक खेल जित्यो । त्यो खेल साउदी अरेबियाबिरुद्ध २–१ को थियो । तर, विश्वकप छनोटमा जर्मनीको खेल साच्चिकै गज्जबको थियो । उसले सवै १० खेलमा जित निकालेको थियो । ऐतिहासिक प्रर्दशन गर्दै उसले ४३ गोल गरेको थियो । जसमा विभिन्न २१ खेलाडीले गोल गरेका थिए ।
ब्राजिलपछि विश्वकपमा सबै भन्दा सफल टिम जर्मनी नै हो । सर्वाधिक ५ पटक उपाधि उचालेको ब्राजिली रेकर्ड बराबरी गर्ने अवसर जर्मनीलाई छ । तर, उसको तयारी लक्ष्य अनुसारको छैन ।
जर्मनीका मिडफिल्डर टोनी क्रुस भन्छन, ‘हामीले प्राय सावित गरेका छौ कि जब हामी सुरु गछौ, तब हामी प्रमाणीत गछौ ।’
यता, मेक्सिकोलाई एउटा चुनौतीपुर्ण कामले प्रतिक्षा गरिरहेको छ । गत बर्ष भएको कन्फेडेशन कपको सेमिफाईनलमा जर्मनीको बी टिमले उसलाई ४–१ ले पराजित गरेको थियो ।
मेक्सिकोका कोलम्बियन प्रशिक्षक जुवान कार्लोसले टोलीमा अनुभवी खेलाडीलाई सामेल गरेका छन् । मेक्सिको टोलीका १३ खेलाडीले राष्ट्रिय टिमको जर्सीमा ५० खेल खेलिसकेका छन् ।
जर्मनी मिडफिल्डर मेसुट ओजिलको सामान्य चोट निको भईसकेको छ । सोही चोटका कारण उनले साउदीबिरुद्धको अभ्यास खेल गुमाएका थिए । मुख्य दुई डिफेन्डरले चोट बोकेपछि मेक्सिकोको समेत तयारी प्रभावित भएको थियो ।
इतिहास पल्टाउदा मेक्सिकोले एक पटक जर्मनीलाई हराएको छ, सन् १९८५ मा । विश्वकपमा दुवै टोली चौथो पटक भिड्न लागेका हुन् । विश्वकपका यसअघिका तीनवटै खेलमा जर्मनी विजयी बनेको रेकर्ड छ ।
सम्भावित प्लेइङ ११ (जर्मनी) : म्यानुएल नुएर, जेरमी बोटेङ, माट्स हृयुमेल्स, जोसुवा किमिच,जोनास हेक्टर, जुलियन ड्राक्सलर, टोनी क्रुस, सामी खेडिरा, मेसुट ओजिल, थोमस मुलर, टिमो वाग्नेर
सम्भावित प्लेइङ ११ (मेक्सिको) : गुलेर्मो ओचाओ, कार्लोस सालसेडो, हृयुगो आएला काष्ट्रो, हेक्टर मोरेनो,मिगुल लायुन, एन्डे्रस गुयरदाडो, हेक्टर हेरेरा, कार्लोस भेला, जाभियर हर्नान्डेज, जेसस कोरोना, हिरभिङ लोजानो
तस्विर : एजेन्सी