एजेन्सी । रुस विश्वकपको सूरुवात गर्दा ब्राजिलले चार बर्ष अगाडी घरेलु भुमिमा जर्मनसंग ब्यहोरेको हारको पीडा अब बिर्सिएको हुनुपर्छ । तर यसको कुनै शंका छैन ब्राजिली प्रशिक्षक टिटेको नयाँ टिमको लक्ष्य रुसमा नयाँ इतिहास कोर्नुनै हुनेछ ।
टिटेको टोलीको पछिल्ला विश्वकप खेलेका नेयमारसहित ६ खेलाडी मात्र समावेश छन् । ब्राजिली टिमको एक रमाईलो पक्ष भनेको उसको आक्रमण पक्षसंगै डिफेन्स समेत बलियो छ । जसले पाँच पटक विश्वबिजेता टोलीको सवलता देखाउछ ।
स्ट्राईकर नेयमार चोट मुक्त हुदै मैदान फर्किएका छन् । स्विजरल्याण्डविरुद्धको खेलमा उनी पहिलो रोजाईमा मैदान उत्रने छन् । विश्वकप तयारीको अभ्यास खेलमा उनले अष्ट्रेलियाविरुद्ध पहिलो रोजाईमा मैदान छिरेका थिए । जसमा गोल समेत गरेका थिए ।
२६ बर्षिया नेयमारले खुट्टामा चोट बोकेपछि अपरेसन गरेका थिए । करिब ५ महिनापछि मैदान फर्किएका उनले १ सय २९ मिनेट मैदानमा बिताएका छन् । खेलिएका दुवै खेलमा उनले गोल गरेर आफु तयार रहेको जनाउ दिएका छन् ।
ब्राजिलका लागि सुखद पक्ष भनेको उसले विश्वकपको पहिलो खेलमा अहिलेसम्म हारेको छैन । सबै संस्करणको विश्वकपमा सहभागि एकमात्र टोली ब्राजिलले रुसी विश्वकपमो सोही इतिहासलाई दोहोर्याउनेमा धेरै आशावादी छन् ।
यता, स्विजरल्याण्डले पछिल्ला २२ खेलमा मात्र एक पटक हारेको छ । उसका मुख्य हतियार ग्रानिट जाका र जेदान साकिरी खेलमा उपलब्ध हुनेछन् । स्विजरल्याण्डका प्रशिक्षक भ्लादिमिर पेटकोभिकले विश्व वरियताको छैटौ स्थाममा रहनु आफ्नै बलियो पक्ष मान्छन् ।
छनोटको १० खेलमा ९ खेल जितको स्विस टोलीले पलेअफमा पर्न कठिन यात्रा तय गर्न पर्यो । उसले प्रतियोगितामा स्पेनसंग १–१ गोलको बराबरी खेलेको थियो भने पछिल्लो खेलमा जापानलाई २–० ले हराएको थियो ।
सम्भावित प्लेइङ ११ (ब्राजिल) : एलिसन बेच्कर, ड्यानिलो, थियागो सिल्भा, मार्सेलो, मिरिण्डा, क्यासिमेरो, फिलिपे कौटिन्हो, पौलिन्हो, ग्राबियल जिसस, विलियन, नेयमार
सम्भावित प्लेइङ ११ (स्विजरल्याण्ड) : यान सोमेर, म्यानुअल एकेन्जी, स्टेफेन लिचेस्टेइनर, रिकार्डो रोड्रिगेज, फाबियान सियर, भलोन बेहर्मी, जेड्रान शाकिरी, हरिस सेफरोभिक, ग्रानिट जाका, स्टेभेन जुबेर, हरिस सेफेरोभिक