कास्की । पोखरामा सम्पन्न महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागिय टिम एपीएफले जितेको छ । बुधबार भएको फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।
पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा भएको खेल एपीएफले ४–१ ले जित्यो । पहिलो सेट २५–२० ले जितेको एपीएफले दोस्रो सेट १८–२५ ले गुमाएको थियो । तर तेस्रो सेट २५–१७ र चौथो सेट २५–२१ ले जित्दै एपीएफले उपाधि रक्षा ग¥यो ।
उपाधिसंगै एपीएफले एक लाख र उपविजेता न्युडायमण्डले ६५ हजार रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगितामा दुई बिभागिय क्लब एपिएफ र आर्मी सहित ५ टोली सहभागि थिए ।