मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. सावित्राको ह्याट्रिक, एपीएफको दोस्रो जित

सावित्राको ह्याट्रिक, एपीएफको दोस्रो जित

२०२१ जनवरी २४, आइतबारखेलपाटी संवाददाता

सावित्राको ह्याट्रिक, एपीएफको दोस्रो जित

काठमाडौं । विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता केसीले २ गोल गर्दा सरु लिम्बुले एक गोल गरिन् ।

खेलको नवौं मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । अन्जली योन्जनले प्रहार गरेको बल विराटनगरकी गोलकिपर कल्पना कार्कीले नियन्त्रणमा लिन नसक्दा गोलपोस्ट नजिकै रहेकी अनिताले सहजै गोल गरिन् ।

खेलको २५ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाईन । मैदानको बिच भागबाट एकल प्रयासमा बल अगाडी बढाएर सावित्राले विराटनगरकी गोलकिपर कल्पनालाई बिट गर्दै सहजै गोल गरिन् ।

खेलको ४२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ पहिलो हाफमा ३-० ले रह्यो ।

दोस्रो हाफमा एपीएफले थप चार गोल गर्यो ।

खेलको ७२ औं मिनेटमा सरुले गोल गर्दै एपीएफलाई ४-० को अग्रता दिलाईन् ।

लगत्तै ७४ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५-० ले अघि रह्यो ।

सावित्राको यो लगातार दोस्रो ह्याट्रिक हो ।

खेलको ८० औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ६-० को अग्रता दिलाईन् । उनले डिबक्स भित्रबाट उत्कृष्ट चिप गोल गरिन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो गोल गर्दै एपीएफलाई ७-० को जित दिलाईन् ।

खेलमा सरु लिम्बु प्लेयर अफ दि म्याच चुनिईन ।

लगातार दोस्रो जितसंगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफले २ खेलमा ६ अंक जोडेको छ ।

पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो ।

विराटनगरले २ खेलमा १ अंक जोडेको छ ।

विराटनगरको यो पहिलो हार हो ।

पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो ।

लिगमा आर्मी २ खेलमा ४ अंक जोडेर दोस्रो र पुलिस ४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

के भन्छन् प्रशिक्षक ?

एपीएफका प्रशिक्षक जनक सिंह थारुले विपक्षिले डिफेन्सिभ खेल्दा गोल कम निस्किएको बताए ।

'अझै स्कोर बढी हुनु पर्ने हो भएन । विपक्षीले डिफेन्सिभ खेल खेल्यो । हामीले गोल बढाउन सकेनौ । आजको खेलमा १०-१२ गोल हुनु पर्ने थियो,' उनले भने ।

विराटनगरका प्रशिक्षक पारस चौधरीले अघिल्लो खेलको तुलनामा टिमले सुधार गरेको बताए ।

'पहिलेको भन्दा राम्रो खेल्यो । चित्त बुझ्दो थियो । एपीएफका ठुलो टिम हो । रणनीति डिफेन्स थियो,' उनले भने, 'चार गोलमै रोक्ने रणनीति थियो । हाम्रो खेलाडीमा अनुभबी खेलाडी भएन । विभागसँग कम गोल खान खेल्छौं । अन्य टिमलाई कडा चुनौती दिने छौँ ।'

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

Bhat Bhateni
पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा