मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. विमलाको ह्याट्रिकमा आर्मीको पहिलो जित

विमलाको ह्याट्रिकमा आर्मीको पहिलो जित

२०२१ जनवरी २४, आइतबारखेलपाटी संवाददाता

विमलाको ह्याट्रिकमा आर्मीको पहिलो जित

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार वालिङ नगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।

आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् । यस्तै दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरिन् ।

तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको वालिङविरुद्ध आर्मीले १५ औं मिनेटमा अग्रता बनाएको थियो । शर्मिला थापाको क्रस पासमा विमलाले गोल गरेकी थिइन् ।

खेलको २८ औं मिनेटमा दिपाको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो । सपना लामाले उपलब्ध गराएको पासमा दिपाले वालिङकी गोलकिपर सावित्री किशनलाई बिट गर्दै गोल गरेकी थिइन् ।

खेलको ४४ औं मिनेटमा शर्मिलाले गोल गर्दा आर्मी पहिलो हाफमा ३-० ले अघि रह्यो । विमलाले प्रहार गरेको बल वालिङकी गोलकिपर सावित्रीले नियन्त्रणमा लिन नसकेको बलमा शर्मिलाले गोल गरेकी हुन् ।

दोस्रो हाफमा पनि आर्मीले गोल गर्ने क्रमलाई कायम राख्यो ।

खेलको ६६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४-० को अग्रता दिलाईन् । विमलाले वालिङको बिदेशी खेलाडी भेनिसा नोएलीले गरेको गल्तिको फाउदा उठाउदै भली गोल गरेकी थिइन् ।

प्लेयर अफ दि म्याच बनेकी विमलाले ७५ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । वालिङको गोलकिपर सावित्रीबाट आएको रिबाउण्ड बललाई उनले पोस्टको दिशा दिईन् । शर्मिलाको सशक्त प्रहार सावित्रीले पन्च गरेकी थिइन् ।

खेलको ८९ औं मिनेटमा हेमाले गोल गर्दा आर्मी ६-० ले अघि रह्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी हेमाले सिक्स यार्ड बक्स नजिकैबाट गोल गरेकी थिइन् ।

त्यसपछि खेलको इन्जुरी समयमा भुजुङ्गाले गोल गर्दै आर्मीलाई ७-० को जित दिलाईन् । दोस्रो हाफमा मैदान प्रवेश गरेकी उनले विमलाको पास सदुपयोग गर्दै वालिङका गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिइन् ।

जितसंगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ ।

पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

वालिङको यो पहिलो हार हो ।

पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो ।

वालिङले २ खेलमा १ अंक जोडेको छ ।

के भन्छन् प्रशिक्षक ?

आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले खेलमा अझै सुधार गर्नु पर्ने देखिएको बताए ।

'पहिलो खेलमा अट्याकमा र स्कोरमा समस्या थियो । त्यसैमा फोकस गरेका थियौ । सुरुमै गोल निस्किदा सहज भयो,' उनले भने, '७ गोल भए पनि अझै गोल हुने मौका थियो । अझै सुधार गर्नुपर्छ ।'

वालिङका मुख्य प्रशिक्षक दिलिप थापाले विदेशी खेलाडीसँगको तालमेल नमिल्दा हार व्यहोरेको बताए ।

'विदेशी खेलाडी ट्याक्टिकली रुपमा राम्रो देखियो । विदेशी खेलाडीसँगको तालमेलमा कमजोरी भयो,' उनले भने, 'उनीहरुसँग जुनियरले खेल्न सकेन ।'

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

Bhat Bhateni
फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल