बेनिटेजले छाडे चिनियाँ क्लब
आइतबार, ११ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस प्रशिक्षक राफायल बेनिटेजले चाईनिज सुपर लिग क्लब डालियान प्रोफेशनल एफसी छाडेका छन् ।
डालियानको मुख्य प्रशिक्षक बनेको १८ महिनापछि प्रशिक्षक बेनिटेजले क्लब छाडेका हुन् ।
६० वर्षीय बेनिटेजले सम्झौता नसकिदै क्लब छाडेका हुन् ।
कोरोना भाईरसको महामारीको कारण र परिवारलाई समय दिनको लागि क्लब छाडेका बेनिटेजले बताएका छन् ।
बेनिटेजले गत वर्ष न्युकासल युनाईटेड छाडेका थिए । त्यसपछि उनि चिनियाँ क्लब आएका थिए ।
न्युकासल अघि उनले रियल मड्रिड र लिभरपुलको टिम सम्हालेका थिए ।











-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)