एजेन्सी । क्रोएसियाले रुसमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेका छन् । शनिबार राति भएको खेलमा नाइजेरियालाई २ - ० गोल अन्तरले पराजित गर्दै क्रोएसियाले विजयी सुरुवात गरेको हो ।
कालिनग्राड स्टेडियममा भएको खेलमा क्रोएसियालाई जित दिलाउन लुका मोड्रिकले एक गोल गरे । क्रोएसियाले एक गोल आत्माघाती उपहार पाएको थियो ।
पहिलो हाफको ३२ औं मिनेटमा नाइजेरियाका ओघेनेकारो इटेबोको आत्मघाती गोलबाट क्रोएसियाले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ७१ औं मिनेटमा मोड्रिकले पेनाल्टीमा गोल गर्दै क्रोएसियालाई २ - ० गोल अन्तरको जित दिलाए ।
यो जितसँगै समूह 'डी' मा रहेको क्रोएसियाले ३ अंक जोडेको छ । र, यो समूहको शीर्ष स्थानमा रहेको छ । यसअघि यो समूहको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १ - १ गोलको बराबरी खेलेका थिए ।