काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले एपीएफलाई जितका लागि १ सय ७ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनायो ।
गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै बिष्णु पाण्डे र दिपेश खत्रीले १५/१५ रन बनाए ।
दिनेश बुढामगरले १२ रन बनाए ।
एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए ।
अविनास बोहोरा र शरद भेषवाकरले २/२ विकेट लिए ।
आज एपीएफ लगातार दोस्रो जितको खोजीमा रहेकोछ ।
यस अघि एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई हराएको थियो ।
समूह 'ए' को एपीएफले १ खेलमा २ अंक जोडेको छ ।
एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
गण्डकी प्रदेश भने दोस्रो जितको खोजीमा रहेको छ ।
गण्डकी ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।