काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई जितका लागि ३ सय ११ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनायो ।
पुलिसका लागि सुनिल धमलाले शतकीय इनिङ्स खेले । पहिलो शतक बनाउने क्रममा सुनिलले १ सय ४ रन जोडे ।
दिपेन्द्र सिंह ऐरीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।
विस्फोटक ब्याटिङ गरेका पवन सर्राफले १३ बलमा अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
उनले ६ छक्का र १ चौका प्रहार गरे । यससंगै उनले घरेलु क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् ।
त्यस्तै आरिफ शेखले २९ रन जोड्दा अमित श्रेष्ठले २९ रन बनाए ।
लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले एक एक विकेट लिए ।
आज दुबै टिम दोस्रो जितको खोजीमा रहेका छन् ।
समूह 'बी' मा रहेको पुलिसले २ खेलमा २ अंक जोडेको छ ।
लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ ।
यस समूहमा लुम्बिनी दोस्रो र पुलिस तेस्रो स्थानमा रहेको छ ।