काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (बिहीबार) दुई खेलहरु हुँदैछ ।
मुलपानी क्रिकेट मैदानमा उपाधि दाबेदार एपीएफ क्लबले गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
गण्डकीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
यस अघि एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई हराएको थियो ।
समूह 'ए' को एपीएफले १ खेलमा २ अंक जोडेको छ ।
एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
गण्डकी प्रदेश भने दोस्रो जितको खोजीमा रहेको छ ।
गण्डकी ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
दुबै टिम दोस्रो जितको खोजीमा रहेका छन् ।
समूह 'बी' मा रहेको पुलिसले २ खेलमा २ अंक जोडेको छ ।
लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ ।
यस समूहमा लुम्बिनी दोस्रो र पुलिस तेस्रो स्थानमा रहेको छ ।