एजेन्सी । घरेलु टिम बंगलादेशले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित निकालेको छ ।
ढाकामा बुधबार भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको १ सय २३ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
बंगलादेशको लागि कप्तान तमिम इकबालले सर्वाधिक ४४ रन बनाए ।
शकिब अल हसन र मुसफिकर रहिमले समान १९/१९ रन जोडे । लिटोन दासले १४ रन बनाए ।
वेस्ट इन्डिजका अकिल होसेनले ३ विकेट लिए ।
यस अघि वेस्ट इन्डिजले ३२ ओभर २ बलमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।
वेस्ट इन्डिजका केली मेयर्सले ४० रन बनाए । रोभम्यान पावेलले २८ रन जोड्दा कप्तान जासन मोहमदले १७ रन बनाए ।
बंगलादेशका शकिब अल हसनले ४ विकेट लिए । हसन ममुदले ३ तथा मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
जितसंगै बंगलादेशले ३ खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ ।
आईसीसी क्रिकेट विश्वकप सुपर लिग अन्तर्गतको सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ ।