काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले त्रिभुवन आर्मी क्लबलाई जितका लागि १ सय ३२ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रन बनायो ।
प्रदेश-१ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९ रन जोडे । दिपेश कँडेलले ११ रनमा आउट भए ।
आर्मीका शाहब आलमले ४ विकेट लिए । आकाश चन्दको नाममा ३ विकेट रह्यो ।
आज आर्मी लगातार तेस्रो जितको खोजीमा रहेको छ ।
यस अघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराईसकेको छ ।
समूह 'ए' को आर्मी २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
प्रदेश-१ भने पहिलो जितको खोजीमा रहेको छ ।
प्रदेश-१ दुई खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ ।
प्रदेश-१ एपीएफ र गण्डकीसँग पराजित भएको थियो ।