कास्की । शसस्त्र प्रहरीको एपीएफ क्लब र चितवन टाईर्गस् राष्ट्रिय महिला भलिवल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेका छन् । पोखराको लामाचौरमा तीज महोत्सवका अवसरमा सोमबार सुरु भएको प्रतियोगितामा एपीएफले चितवन टाईर्गस्लाई ३–० को सोझो सेटमा हराउदै अन्तिम चारमा स्थान बनाएको हो ।
साबिक बिजेता एपीएफले चितवन टाईगर्सलाई २५–१९, २५–१८ र २५–१४ को सेटमा स्तब्ध बनायो । पराजित चितवन टाईगर उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनाएको छ ।
उद्घाटन खेलमा काठमाण्डौंको न्यू डाईमण्डले पोखराको टप्स माविलाई पराजित गर्यो । पहिलो सेट २५–२२ ले जितेको डायमण्डले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१९ ले जित्न सफल भएको थियो ।
न्यू डाईमण्ड र त्रिभुवन आर्मीबीचको दोस्रो खेल बर्षाले स्थगित भएको थियो । ५ टोली सहभागि प्रतियोगिताको विजेताले एक लाख र उपबिजेताले ६५ हजार रुपैया प्राप्त गर्नेछन् ।