काठमाडौं । रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजको तेस्रो खेलमा पेरु र डेनमार्क प्रतिस्पर्धा गर्दै छन् । समूह 'सी' मा रहेको पेरु र डेनमार्कबीचको खेल राति ९:४५ मा सुरु हुनेछ ।
मोर्डोभिया एरिनामा हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछ । फ्रान्स, अष्ट्रेलिया जस्ता राष्ट्र रहेको यो समूहमा दुवै टोली अंक जोड्न चाहन्छ ।
यो समूहमा फ्रान्सले विजयी सुरुवात गरिसकेको छ । फ्रान्सले अष्ट्रेलियालाई २ - ० गोल अन्तरले हराएको हो ।
विश्वकप अन्तर्गत नै आज राती समूह 'डी' को एक खेल हुँदैछ । राति १२ : ४५ मा हुने खेलमा क्रोएसिया र नाइजेरिया प्रतिस्पर्धा गर्नेछन् । यसअघि यो समूहको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १ - १ गोलको बराबरी खेलेको थियो ।
नेपाली समय अनुसार खेल तालिका -