काठमाडौं । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता सुरु भएको छ ।
जंगी अड्डास्थित खेल मैदानमा बुधबार प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
माघ २ गतेसम्म संचालन हुने प्रतियोगितामा नेपाली सेनाको पृतनाहरुको ८, मद्दती बाहिनीहरुको ५, विशेष फौज वाहिनीको १ र फुटबल खेलमा विद्युत तथा यान्त्रिक सेवा निर्देशनालयको १ गरी जम्मा १५ वटा टिमहरुको सहभागीता रहेको छ ।
प्रतियोगितामा समावेश भएका एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु भद्रकाली स्थित नेपाली सेनाको खेलकुद मैदानको अलावा छाउनीस्थित जगदल गण तथा लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा संचालन हुनेछन् ।