काठमाडौं । काठमाडौं महानगरपालिकाले ६ वटा ए डिभिजन क्लब करिब १० लाख आर्थिक सहयोग गर्ने भएको छ । महानगरले काठमाडौंबाट ए डिभिजन लिग खेल्ने ६ क्लबलाई जनही ९ लाख ३० हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।
करिब ४ बर्षपछि हुन गईरहेको ए डिभिजन क्लबलाई आर्थिक सहायता स्वरुपम रकम उपलब्ध गराउन लागिएको काठमाडौं महानगरले जनाएको छ । खेलकुद क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्धेश्यले ए डिभिजन क्लबलाई रकम उपलब्ध गराउन लागिएको महानगरको भनाई छ ।
महानगरको आर्थिक सहयोग पाउने क्लबहरुमा मछिन्द्र, संकटा, एनआरटी, हिमालयन शेर्पा, सरस्वती र मनाङ मस्र्याङ्दी रहेका छन् । महानगरले सोमबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरेर सहयोग रकम हस्तान्तरण गर्दैछ ।
नेपाली फुटबलमा सहकार्य गर्ने उद्धेश्यले महानगरले अखिल नेपाल फुटबल संघ एन्फासंग समेत विभिन्न सम्झौता गर्दैछ । एन्फाको आग्रहमा महानगर टुँडिखेलमा ४ खेल मैदान बनाउने स्विकृती यसअघिनै दिईसकेको छ ।
एन्फाले टुँडिखेलमा ४ खेल मैदान बनाउने प्रक्रिया समेत अघि बढाईसकेको छ ।