काठमाडौं । भलिबल राष्ट्रिय खेल भनेर घोषणा गरियो । तर भलिवलकालागि कुनै भौतिक संरचना छैन् । मैदान छैन, गतिलो सामाग्री छैनन् । ३१ बर्ष पहिले सन् १९८६ मा दक्षिण कोरियामा भएको १० औं एसियन गेम्समा सहभागिता जनाएको नेपाली राष्ट्रिय भलिबल टोली त्यसको ठिक ३१ बर्ष पछि जाकार्तमा सहभागी भयो ।
लामो समय एसियन खेलमा सहभागिता नजनाएको राष्ट्रिय टोलीलाई यस पटक राष्ट्रिय खेलकुद परिसद राखेपले सहभागिता गराउने निर्णय ग¥यो । तर प्रतियोगिताकालागि उपयुक्त तयारी नभएको नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान इम बहादुर मगर बताउछन् ।
‘राष्ट्रिय टोलीलाई प्रशिक्षण गर्ने कुनै राम्रो वातावरण थिएन तर पनि हामीले क्षमता अनुसारको उत्कृष्ट प्रदर्शन गरेका हौ ।’ उनले थपे, ‘एसियन गेम्समा करिब ३१ बर्षपछि सहभागिता जनाएका हौ । तर उत्कृष्ट नतिजा ल्याउन नसकेपनि हामी एशियाली स्तरमा वरियतामा चढेका छौ ।’
नेपाल रहेको समुहमा बलिया टिम समावेश भएकाले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकिएको उनले स्विकारे । मगरले भने ‘हामी गोल्ड मेडल जित्ने मनसायले गएका थिएनौ । किनभने हामीले त्यो स्तरको तयारी पनि गरेका थिएनौ । तरपनि वरियतामा अझमाथि उक्लिन सक्थ्यौ । तयारी नहुदाँ प्रर्दशन फितलो भयो ।’
‘अव आउने १३ औैँ एसियालीमा खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्नेछ । जसको तयारीमा हामी जुटेका छौ । सरकारले खेल सामाग्री तथा भौतिक पुर्वाधारको तयारी गरेको खण्डमा हामी अवश्य पनि राम्रो नतिजा दिन सक्छौ ।’ उनले भने ।
कप्तान मगरले नेपालले भलिवलमा स्वर्ण पदक जित्ने सम्भावना रहेको बताए । ‘हामीले श्रीलंका जस्तो बलियो टोलीलाई एक सेट जितेर देखाई सकेका छौ ।’ उनले भने ।
भलिवल अब नेपाललाई एशियामा चिनाउने एकमात्र माध्यम बन्ने उनको दाबी छ । तयारीमा सरकार गम्भिर बनेमा त्यो सम्भव हुने मगर बताउछन् ।
‘हाम्रो टिममा सबै युवा खेलाडी छन् । उनीहरु उत्कृष्ट खेल प्रदर्शन गर्न सक्छन् तर बिपक्षको रणनीतिछ बुझ्न सक्दैनन् । दुई बर्षपछि सबै तयारी पुरा गर्ने लक्ष्य छ ।’ उनी भन्छन् ।
नेपालले १३ औं वरीयताको भिडन्तमा श्रीलंकासंग पहिलो सेट जितेको थियो । थप तीन सेट लगातार गुमाएर नेपालले एशियाडमा १५ औ वरियता हासिल गरेको थियो ।