काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता योगेश भट्टराईले नेपाली फुटबलले मौका पाएमा आफुलाई प्रमाणित गर्न सक्ने बताएका छन् ।
साफ च्याम्पियनसिपमा नेपाल सेमिफाईनल प्रवेश गरे लगत्तै खेलपाटीलाई प्रतिक्रिया दिदै नेता भट्टराईले नेपालकाे राम्रो प्रर्दशनले सबै नेपालीलाई खुसी दिएको बताए ।
‘नेपाली खेलकुद किचलोमा छ । तर राम्रो व्यवस्थापन र नेतृत्व भएमा नेपाली फुटबलले गर्न सक्छ भन्ने देखिएको छ ।’ उनले भने ।
नेपालले पुर्वाधार निर्माण लगायतका क्षेत्रमा राम्रो व्यवस्थापन गर्न सकेमा फुटबल, क्रिकेट र केही सम्भावना भएका खेलमा राम्रो गर्न सक्ने बताए ।