काठमाडौं । गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा नारायणी टिमको नेतृत्व सुवास खकुरेलले गर्ने भएका छन् ।
मुख्य कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएपछि टिमको कप्तानी सुवासले गर्ने पक्का भएको हो ।
यसअघि नारायणी टिमको कप्तानी पारस खड्काले गर्ने तय थियो । तर शुक्रबार गरिएको परिक्षणमा पारसलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
पारस नभएपछि टिमको नेतृत्व सुवास खकुरेलले पाउने भएका हुन् ।
सुवासको कप्तानी रहने टिममा करण केसी, किशोर महतो, सुशन भारी, सहाब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश र बिबेक यादव रहेका छन् ।
शनिबारको उद्घाटन खेलमा नारायणी टिमले ज्ञानेन्द्र मल्ल कप्तानीको बागमतीसंग खेल्दैछ ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुन लागेको प्रतियोगितामा तीन टिम समावेश छन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी सहित विभिन्न उमेर समूहका खेलाडी र चितवनका स्थानीय खेलाडीलाई टोलीमा समावेश गरिएको छ ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन गरिनेछ ।
मैदानको पिच र मौसम अनुसार टी–ट्वान्टी ढाँचामा खेलाउन लागिएको प्रतियोगितालाई भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।
कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।
बागमती टिम :
ज्ञानेन्द्र मल्ल (कप्तान), अनिल शाह, सोमपाला कामी, राशिद खान, ललित राजबंशी, सगर ढकाल, रहित पौडेल, पवन सर्राफ, सुनिल धमला, बिक्रम सोब, प्रदीप ऐरी, भिम शार्की, आकाश थापा र संगर्ष ढकाल
नारायणी टिम :
सुवास खकुरेल (कप्तान), करण केसी, किशाेर महतो, सुशन भारी, सहाब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्दान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ र बिबेक यादब
राप्ति टिम :
बिनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अविनास बोहरा, कमल ऐरी, सुर्य तमाङ, भुवन कार्की, शरद भेषावकर, लोकेश बम, आशिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र सप्निल अधिकारी