एजेन्सी । अष्ट्रेलियाबिरुद्ध हुने चार म्याचको टेष्ट अघि भारतीय टिमका मुख्य ब्याट्सम्यान रोहित शर्मा तयार भएका छन् ।
भारतीय टिमका ओपनर ब्याट्सम्यान रोहितले फिटनेस परिक्षण पास गरेका छन् ।
नेश्नल क्रिकेट एकेडेमी (एनसीए)ले शुक्रबारको फिटनेस परिक्षण पास गरेसंगै रोहित खेल्नका लागि तयार रहेको बताएको हो ।
कोरोना भाईरसका कारण अष्ट्रेलियामा अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियमका कारण उनी पहिला दुई टेष्टमा उपलब्ध हुने छैनन् । तर उनी अन्तिम दुई टेष्ट भारतीय टिममा अटाउन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आईपीएलका दौरान उनको मांसपेशीमा समस्या आएको थियो । विराट कोहली पहिलो टेष्ट लगत्तै बिदामा जानेछन् । त्यसपछि उनको अभाव भारतीय टिममा खट्किने मानिएको छ । रोहित फिट हुदाँ भारतीय टिम बलियो देखिनेछ ।
रोहित अष्ट्रेलिया भ्रमणको दौरान सिमित ओभरका लागि टिममा थिएनन् । तर आईपीएलको अन्तिम खेलपछि उनलाई टिममा राखिएको थियो । मुम्बईको टिमलाई आईपीएलको फाईनलमा जित दिलाउने क्रममा उनले ६८ रनको योगदान गरेका थिए ।
रोहितको फिटनेसले भारतीय टिमलाई ठुलो राहत दिएको छ । पहिलो टेष्ट पछि भारतीय टिमका नियमित कप्तान विराट कोहली अष्ट्रेलियाबाट फर्कनेछन् । विराट कोहली आउने बच्चाका लागि श्रीमती अनुष्कासंग रहन स्वदेश फर्कन लागेका हुन् ।