काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान गरिएको परिक्षण अनुसार आफुलाई संक्रमण पुष्टि भएको पारसले जनाएका छन् ।
उनले आफुलाई सामान्य लक्षण देखिएपछि शुक्रबार परिक्षण गरिएको बताएका छन् । उनले बिहिबार साँझबाट आफुले स्वाद र गन्ध गुमाएको उल्लेख गरे ।
पारसले आफु घरमै एकान्तवासमा रहेको र चिकित्सकको सल्लाहा अनुसार सम्पूर्ण मापदण्ड अनुशरण गरेको जानकारी दिएका छन् ।
संक्रमण भएसंगै पारसले शनिबार चितवनमा सुरु हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता गुमाउनेछन् ।
पारसले यसअघि नारायणी टिमको नेतृत्व तय गर्ने थियो ।