काठमाडौं । गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता टी–ट्वान्टी ढाँचामा खेलाईने भएको छ ।
शुक्रबार पिचको अवस्था अनुसार प्रतियोगिता टी–ट्वान्टी ढाँचामा खेलाउने टुङ्गो लागेको हो ।
तीन दिनदेखि घाम नलागेका कारण मौषमको अवस्था अनुसार ट्वान्टी ट्वान्टी ढाँचामा गर्न लागिएको आयोजकले जनाएको छ ।
तीन दिने प्रतियोगिता भोलि (शनिबार)बाट चितवनको निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सुरु हुदैछ ।
प्रतियोगितामा बागमती, नारायणी र राप्ी टिमले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
बागमतीको नेतृत्व राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, नारायणीको पारस खड्का र राप्तीको कप्तानी बिनोद भण्डारीले गर्नेछन् ।
प्रतियोगितामा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश भएको खेलाडी सहित अन्य उमेर समूह र चितवनका खेलाडीहरु समावेश हुनेछन् ।
राष्ट्रिय टिमका खेलाडी प्रतियोगिता बिहिन भएपछि बागमती प्रदेश क्रिकेट संघले गौतमबुद्ध कप आयोजना गर्न लागेको हो । प्रतियोगिताको व्यवस्थापन क्विन्स ईभेन्ट्स म्यानेजमेन्टले गर्नेछ ।
धुर्मुस सुन्तली फाउण्डेनले निर्माणको नेतृत्व गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा राष्ट्रिय टिमका खेलाडी सम्मिलित टिम प्रतिस्पर्धामा उत्रनेछन् ।