एजेन्सी । दक्षिण अफ्रिका जनवरीमा दुई टेष्ट र तीन टी–ट्वान्टी अन्तराष्ट्रिय म्याचको सिरिज खेल्न पाकिस्तान भ्रमणमा निस्कने भएको छ ।
अफ्रिकी टिम १४ वर्षको अन्तरमा पहिलो पटक पाकिस्तान भ्रमणमा निस्कने भएको हो ।
टेष्ट खेल कराँची र रावलपिन्डीमा हुनेछ । टी–ट्वान्टी म्याच लाहोरमा खेलिने बताईएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले भनेको छ, ‘दक्षिण अफ्रिकाको टिम १६ जनवरीमिा कराँची पुग्नेछ । र नेश्नल स्टेडियम कराँचीमा २६ बाट ३० जनवरीको बीचमा पहिलो टेष्ट म्याच खेल्नेछ ।’
‘त्यसपछि रावलपिन्डीकमा फेब्रुअरी ४ देखि ८ सम्म दोस्रो टेष्ट खेल्नेछ । गद्धाफी स्टेडियम लाहोरमा ११, १३ र १४ फेब्रुअरीमा तीन टी–ट्वान्टी अन्तराष्ट्रिय म्याच खेल्नेछ ।’ बोर्डले भनेको छ ।
दक्षिण अफ्रिकाले अन्तिम पटक सन् २००७ मा पाकिस्तान भ्रमण गरेको थियो । त्यसबेला उसले कराँची टेष्टमा १ सय ६० रनको जित निकाल्दै सिरिज १–० को आफ्नो पक्षमा पारेको थियो ।
त्यसपछि सन् २०१० र २०१३ मा सिरिज संयुक्त अरब ईमिरेट्समा खेलिएको थियो ।