काठमाडौं । नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीको सहभागिता रहने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताकाे टिम र खेल तालिका सार्वजनिक भएको छ ।
तीन टिमको सहभागी रहने प्रतियोगिताको खेल तालिका तथा टिमका खेलाडी बुधबार सार्वजनिक गरिएको हो ।
प्रतियाेगितामा बागमती टिम, नारायणी टिम र राप्ति टिमले सिंगल राउण्ड रोबिनकाे फर्म्याटमा खेल्नेछन् ।
यही २७ गते हुने सुरुवाती खेलमा बागमती टिमले नारायणीसंग प्रतिस्पर्धा गर्ने छ ।
दोस्रो खेल २८ गते बागमती टिम र राप्ति टिम तथा अन्तिम खेल २९ गते राप्ति टिम र नारायणी टिमबीच हुने छ ।
हरेक टिमले दुई खेल खेल्ने छन् र शीर्ष स्थानको दुई टिमले ३० गते फाइनल खेल्ने छन् ।
बागमती टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् । यस्तै पारस खड्काले नारायणी तथा बिनोद भण्डारीले राप्तिको नेतृत्व गर्ने छन् ।
आयोजक बागमती प्रदेश क्रिकेट संघले कोरोना भाईरसको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोरोना माहामारीपछि नेपाली राष्ट्रिय खेलाडीले पहिलो पटक प्रतियोगिता खेल्ने छन् ।
प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी र अन्य घरेलु क्रिकेटका खेलाडीलाई समेटेर टिम बनाईएको हो ।
आयोजकले प्रतियोगिता टी-ट्वान्टी र एकदिवसीय फर्म्याट मध्ये एक हुने जनाएको छ ।
बागमती टिम :
ज्ञानेन्द्र मल्ल (कप्तान), अनिल शाह, सोमपाला कामी, राशिद खान, ललित राजबंशी, सगर ढकाल, रहित पौडेल, पवन सर्राफ, सुनिल धमला, बिक्रम सोब, प्रदीप ऐरी, भिम शार्की, आकाश थापा र संगर्ष ढकाल
नारायणी टिम :
पारस खड्का (कप्तान), सुवास खकुरेल, कारण केसी, किशाेर महतो, सुशन भारी, सहाब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्दान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ र बिबेक यादब
राप्ति टिम :
बिनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अविनास बोहरा, कमल ऐरी, सुर्य तमाङ, भुवन कार्की, शरद भेषावकर, लोकेश बम, आशिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र सप्निल अधिकारी