एजेन्सी । ईङ्ल्याण्डले अर्काे महिना श्रीलंकासंग दुई टेष्ट म्याच खेल्ने भएको छ ।
श्रीलंकासंग बन्द रंगशालामा ईङ्ल्याण्डले दुई टेष्ट म्याच खेल्ने पक्का गरेको हो ।
बेलायत र वेल्सको क्रिकेट बोर्डले अर्को महिना श्रीलंकासंग बन्द रंगशालामा दुई टेष्ट खेल्ने घोषणा गरेको छ ।
ईङ्ल्याण्डले भर्खरै दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज रद्ध गरेको थियो ।
दुवै देशका खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन खेलको एकदिवसीय सिरिज रद्ध गरिएको हो ।
दक्षिण अफ्रिकाका एक खेलाडी र होटलका दुई कर्मचारीमा कोरोना पुष्टि भएको थियो । यस्तै ईङ्ल्याण्डका दुई खेलाडीमा समेत कोरोना देखिएको थियो ।
श्रीलंका आएपछि ईङ्ल्याण्डको टिम दुई दिन एकान्तवासमा बस्नेछ । भ्रमणको क्रममा हरेक दुई दिनको अन्तरमा कोरोनाको परिक्षण गरिनेछ ।
पहिलो टेष्ट जनवरी १४ मा सुरु हुनेछ । ईङल्याण्डको टोली चार्टर प्लेनमा जनवरी २ मा श्रीलंका भ्रमणमा निस्कनेछ ।