एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविरुद्ध सिमित ओभरको फरक दुई सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका हार्दिक पाण्डेया टेष्ट सिरिजमा मैदान उत्रने सम्भावना कम रहेको भारतीय कप्तान विराट कोहलीले बताएका छन् ।
कोहलीले ब्याटिङका लागि मात्र टेष्ट खेलमा अलराउण्डर पाण्डेयालाई खेलाउन नसकिने प्रष्ट पारेका हुन् ।
पाण्डेयाले अष्ट्रेलियाविरुद्ध पहिलो एकदिवसीय र तेस्रो एकदिवसीयमा ९० र ९२ रन बनाएका थिए ।
दोस्रो टी ट्वान्टी खेलमा २२ बलमा ४२ रन बनाउंदै पाण्डेयाले भारतलाई सिरिज जिताएका थिए । उत्कृष्ट प्रदर्शनका आधारमा उनी म्यान अफ सिरिज घोषित भएका थिए ।
शानदार ब्याटिङ्ग प्रदर्शन गरेका पाण्डेयालाई विराटले टेष्ट खेलमा ब्याट्सम्यानको रुपमा खेलाउन नसकिने राय ब्यक्त गरेका छन् ।
’हार्दिक बलिङ गर्न सक्दैनन् तर हामीले आईपीएलमा देखेका छौं कि उनी कस्तो मानसिकतामा खेल्छन् । तर टेष्ट क्रिकेट अलग चुनौती हो र हामीलाई उनको बलिङ आवश्यक छ ।’ विराटले भने ।
पाण्डेयाले समेत आफू बलिङको लयमा फर्किन पर्ने आवश्यकता महशुस गरेको कोहलीले बताए ।
’उनी आफै बलिङ गर्न चाहान्छन् र आफ्नो स्थान टेष्ट खेलमा बनाउन चाहेका छन् किनकी पांच दिनको क्रिकेटमा अतिरिक्त योगदान दिनु महत्वपूर्ण हुन्छ ।’ कोहलीले थपे ।