काठमाडौं । प्रशिक्षक प्रदीप खाती र पश्चिमाञ्चल खेलकुद बिकास समितिका प्रशासकिय अधिकृत लक्ष्मण योगी उत्कृष्ट कर्मचारी घोषित भएका छन् । प्राविधिकतर्फ सुटिङ्गका प्रशिक्षक खाती र प्रशासनतर्फ प्रशासकिय अधिकृत योगी उत्कृष्ट कर्मचारी घोषित भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी दुवैलाई नगद २५ हजार सहित सम्मान गरियो ।
यस्तै उत्कृष्ट कर्मचारीमा प्राविधिकतर्फ तेक्वान्दो सहायक प्रशिक्षक नोर्वु लामा र प्रशासनतर्फ प्रशासकिय अधिकृत कमल दाहाल रहे । उनीहरुले सम्मान पत्र सहित १५ हजार प्राप्त गरे ।
यस्तै, प्राविधिकतर्फ कराते सहायक प्रशिक्षक कुन्ति गुरुङ्ग र प्रशासनतर्फ गोपाल बस्नेत परिषद सेवा सम्मानबाट सम्मानित भए । उनीहरुले जनही १० हजार सहित सम्मान पत्र प्राए ।
परिषदको ५५ औं बार्षिकोत्वको अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगिता अन्तरगत तान डोरी प्रतियोगितामा काठमाण्डौ जिल्ला खेलकुद बिकास समिति प्रथम भयो । उसले नगद १० हजार र प्रमाण पत्र प्राप्त ग¥यो ।
यस्तै दोश्रो भएको राष्ट्रिय खेलकुद परिषदको केन्द्र त्रिपुरेश्वरले नगद ७ हजार र प्रमाण पत्र तथा तेश्रो भएको ललितपुर जिल्ला खेलकुद बिकास समितिले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त ग¥यो ।
बार्षिकोत्सवकै अवसरमा आयोजना गरिएको खेलकुद सम्वन्धि कविता प्रतियोगितामा खेलकुद बिज्ञान प्रतिष्ठानकी प्रशासकिय अधिकृत अनन्ता देवी खनाल पहिलो भईन् । उनले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गरिन् ।
बिजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार बितरण गरेका थिए ।