काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणको लागि २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।
क्यानले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो ।
क्यानले नेपाली टिमको प्रशिक्षण मंसिर १० गतेबाट सुरु गर्नेछ ।
कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागको हो ।
तर, क्यानले आवश्यक सबै सावधानी अपनाएर प्रशिक्षण गराउने जनाएको छ ।
यस्तै क्यानले मंसिर ८ गते खेलाडी र प्रशिक्षकको पीसीआर प्रशिक्षण हुने जनाएको छ ।
प्रशिक्षणमा बोलाइएका खेलाडीहरु :
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसार भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की
प्रशिक्षक : जगत बहादुर टमटा