एजेन्सी । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आफ्नो खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको नियम परिवर्तन गर्ने तयारी गरेको छ ।
बीसीसीआईले नियम परिवर्तन गर्दै कम्तिमा १० टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेलेका खेलाडीलाई मात्र सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने तयारी गरेको छ ।
यस अघि बीसीसीआईले कम्तिमा एक टेस्ट र एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका खेलाडीलाई कन्ट्रयाक्टमा सामेल गराउने गरेको थियो ।
'क्रिकेट बोर्डले पुरानो नियम परिवर्तन गर्दै कुनै खेलाडीले एक वर्षमा १० टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेको छ भने उसलाई कन्ट्रयाक्टमा ल्याउने छौं । खेलाडीले हस्तक्षर गरेको नयाँ सम्झौतामा यो उल्लेख छ,' बीसीसीआईको एक स्रोतले इण्डियन एक्सप्रेसलाई भनेका छन्, 'यदि टी-ट्वान्टी अन्तराष्ट्रियको राम्रो खेलाडी छ भने उसले कन्ट्रयाक्टमा पाउनु पर्छ किनकि छोटो फर्म्याटको लागि उ दमदार छ ।'
बीसीसीआईले खेलाडीको वर्गीकरण ४ श्रेणीमा गर्दै आएको छ । ए,बी, सी र डी श्रेणीका खेलाडीले क्रमश ७ करोड, ५ करोड, ३ करोड र १ करोड पाउने गर्छन् ।
कप्तान विराट कोहली, रोहित शर्मा, र जस्प्रित बुम्राह सन् २०१९-२०२० को सेन्ट्रल कन्ट्रयाक्टको ए श्रेणीमा रहेका छन् ।