एजेन्सी । अफगानिस्तानका स्पिनर जाहिर खानले मेलबर्न स्टार्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
मेलबर्नले बुधबार बलर जाहिरलाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।
मेलबर्नले विदेशी खेलाडीको कोटामा युवा बलर जाहिरलाई अनुबन्ध गरेको हो ।
२१ वर्षीय जाहिरले पहिलो पटक मेलबर्नबाट खेल्न लागेका हुन् ।
गत सिजन जाहिरले ब्रिसबेन हिटबाट बीबीएल खेलेका थिए ।
मेलबर्नले बलर जाहिरलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
यस अघि मेलबर्नले इंग्ल्यान्डका जोनी बेयरस्टो र वेस्ट इन्डिजका निकोलस पुरन अनुबन्धित गरिसकेका छन् ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईनेछ ।