एजेन्सी । घरेलु टिमसँगको सिरिजका लागि भारतीय क्रिकेट टिम अष्ट्रेलिया पुगेका छन् ।
अष्ट्रेलियाविरुद्धको सिरिजका लागि भारतीय टिम दुबईबाट सिड्नी पुगेका हुन् ।
अष्ट्रेलिया पुगेको भारतीय टिम सिड्नीमा १४ दिनको क्वारेन्टिनमा बस्ने छन् ।
तर, भारतीय टिमले प्रशिक्षण भने शनिबारबाटै सुरु गर्ने भएको छ ।
अष्ट्रेलिया सरकारले बनाएको कोरोना सम्बन्धि स्वास्थ्य प्रोटोकलको पालना गर्दै भारतले तयारी सुरु गर्ने भएको हो ।
अष्ट्रेलिया भ्रमण दौरान भारतले घरेलु टिमसँग ३ टी-ट्वान्टी, ३ एकदिवसीय र ४ खेलको टेस्ट सिरिज खेल्नेछ ।
अष्ट्रेलिया गएको भारतीय टिममा रोहित शर्मा र इशान्त शर्मा सामेल छैनन् । दुबै खेलाडी केही समयपछि अष्ट्रेलिया जानेछन् । दुबै खेलाडी टेस्ट टिममा मात्र रहेका छन् ।
अष्ट्रेलिया र भारतबीचको एकदिवसीय र टी-ट्वान्टी सिरिज २७ नोभेम्बर देखी ८ डिसेम्बरसम्म चल्नेछ ।
टेस्ट सिरिज भने १७ डिसेम्बरबाट सुरु हुनेछ । तर, कप्तान विराट कोहलीले पहिलो टेस्ट मात्र खेल्ने छन् ।