एजेन्सी । न्युजिल्याण्डका ब्याट्सम्यान कोलिन मुन्रोले पर्थ स्कोर्चेसबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
पर्थले शुक्रबार विदेशी खेलाडीको रुपमा ब्याट्सम्यान कोलिनलाई अनुबन्धन गरिएको जनाएको छ ।
३३ वर्षीय कोलिनले पहिलो पटक पर्थबाट बीबीएल खेल्न लागेका हुन् ।
यस अघि कोलिनले सिड्नी सिक्सर्सबाट खेलेका थिए ।
यस्तै पर्थले अर्का ब्याट्सम्यान जोए क्लार्कलाई समेत अनुबन्ध गरेको छ ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईनेछ ।