एजेन्सी । इंग्ल्यान्डका ब्याट्सम्यान डान लरेन्सले ब्रिसबेन हिट्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
ब्रिसबेनले बिहीबार विदेशी खेलाडीको रुपमा ब्याट्सम्यान लरेन्सलाई अनुबन्धन गरिएको जनाएको छ ।
२३ वर्षीय लरेन्स पहिलो पटक बीबीएल टिममा अनुबन्धित भएका हुन् ।
यस अघि निकोलसले बीबीएल खेलेका छैनन् । उनले काउन्टी क्रिकेट मात्र खेल्दै आईरहेका छन् ।
ब्रिसबेनमा अनुबन्धित हुने उनी तेस्रो खेलाडी हुन् । यस अघि टम बानटन र लेविस ग्रेगोरीलाई ब्रिसबेनले अनुबन्धित गरिसकेको छ ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईनेछ ।