एजेन्सी । वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पुरनले मेलबर्न स्टार्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
मेलबर्नले बिहीबार विदेशी खेलाडीको रुपमा ब्याट्सम्यान निकोलसलाई अनुबन्धन गरिएको जनाएको छ ।
२५ वर्षीय विकेटकिपर ब्याट्सम्यान निकोलस पहिलो पटक बीबीएल टिममा अनुबन्धित भएका हुन् ।
यस अघि निकोलसले बीबीएल खेलेका छैनन् । तर, आईपीएल लगायत अन्य ठुला प्रतियोगिता खेलिसकेका छन् ।
बायाँ हाते ब्याट्सम्यान निकोलसले युएईमा मंगलबार सम्पन्न आईपीएल किङ्स इलाभेन पन्जाबबाट खेलेका थिए ।
निकोलसले मेलबर्नका लागि मात्र ६ खेल खेल्ने छन् ।
वेस्ट इन्डिजको टिमबाट न्युजिल्याण्ड भ्रमणमा रहेका कारण निकोलसले कम खेल खेल्ने भएका हुन् ।
'मेलबर्न स्टार्स बलियो टिम हो । केहि खेलका लागि टिमको हिस्सा हुन पाउँदा धेरै खुशी छु,' निकोलसले भनेका छन् ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईनेछ ।