एजेन्सी । भारतीय क्रिकेट टिम अष्ट्रेलिया प्रस्थान गरेको छ ।
अष्ट्रेलियाविरुद्धको सिरिजका लागि भारतीय टिम बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भारतीय टिम अष्ट्रेलियाको सिड्नीमा १४ दिनको क्वारेन्टिनमा बस्ने छन् । त्यसपछि भारतले अभ्यास गर्नेछ ।
अष्ट्रेलिया भ्रमण दौरान भारतले घरेलु टिमसँग ३ टी-ट्वान्टी, ३ एकदिवसीय र ४ खेलको टेस्ट सिरिज खेल्नेछ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले अष्ट्रेलिया भ्रमण भारतीय टिमको अन्तराष्ट्रिय क्रिकेटमा पुनरागमन भएको बताएको छ ।
कोरोना महामारीको कारण लामो समयबा भारतले अन्तराष्ट्रिय खेल खेलेको छैन ।
अष्ट्रेलिया गएको भारतीय टिममा रोहित शर्मा र इशान्त शर्मा सामेल छैनन् । दुबै खेलाडी केही समयपछि अष्ट्रेलिया जानेछन् । दुबै खेलाडी टेस्ट टिममा मात्र रहेका छन् ।
अष्ट्रेलिया र भारतबीचको एकदिवसीय र टी-ट्वान्टी सिरिज २७ नोभेम्बर देखी ८ डिसेम्बरसम्म चल्नेछ ।
टेस्ट सिरिज भने १७ डिसेम्बरबाट सुरु हुनेछ । तर, कप्तान विराट कोहलीले पहिलो टेस्ट मात्र खेल्ने छन् ।