एजेन्सी । दक्षिण अफ्रिकाका ब्याट्सम्यान कोलिन इन्ग्रामले होबर्ट हुरिकान्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
होबर्ट हुरिकान्सले बुधबार विदेशी खेलाडीको रुपमा ब्याट्सम्यान कोलिनलाई अनुबन्धन गरिएको जनाएको छ ।
३५ वर्षीय ब्याट्सम्यानले पहिलो पटक होबर्टबाट खेल्न लागेका हुन् । यस अघि उनी एडिलेट स्ट्राइकर्सबाट बीबीएल खेल्दै आएका थिए ।
बायाँ हाते ब्याट्सम्यान कोलिनले एडिलेटबाट २५ खेल खेल्दै ६ सय १० रन बनाएका थिए ।
होबर्टले उनी डिसेम्बर १० मा हुने सिड्नी सिक्सर्सविरुद्धको पहिलो खेलबाटै टिममा उपलब्ध हुने जनाएको छ ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईनेछ ।