एजेन्सी । राजस्थान रोयल्सका बलर जोफ्रा आर्चर युएईमा सम्पन्न १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको 'मोस्ट भ्यालुएबल प्लेयर' घोषित भएका छन् ।
दुबईमा मंगलबार राति सम्पन्न प्रतियोगितामा आर्चर 'मोस्ट भ्यालुएबल प्लेयर' चुनिएका हुन् ।
इमर्जिङ प्लेयर अवार्ड देबदुत पडिकलले जित्दा गेम चेन्जर अवार्ड केएल राहुलले जिते ।
सुपर स्ट्राइकर अवार्ड केइरन पोलार्ड र पावर प्ले अवार्ड ट्रेन्ट बोल्टले जिते ।
यस्तै ओरेन्ज क्याप केएल राहुल ,पर्पल क्याप कागिसो राबडा र मोस्ट सिक्स अवार्ड इशान किसनले हात पारे ।
प्रतियोगिताको उपाधि भने मुम्बई इण्डियन्सले जितेको छ ।
दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक च्याम्पियन बनेको हो ।
च्याम्पियन मुम्बईले फेयर प्ले अवार्ड समेत जितेको छ ।