डेभिस सर्वाधिक मूल्यवान युवा खेलाडी
मंगलबार, कार्तिक १८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका लेफ्ट ब्याक अल्फान्सो डेभिस सर्वाधिक मूल्यवान युवा फुटबल खेलाडी बनेका छन् ।
फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको तथ्यांकअनुसार डेभिस सन् २००० पछि जन्मिएका युवा खेलाडीमध्ये सर्वाधिक मूल्यवान खेलाडी बनेका हुन् ।
क्यानेडाका डेभिसको मूल्य १८०.४ मिलियन युरो रहेको छ । बोरुसिया डर्टमण्डका विंगर जाडोन सान्चोलाई पछि पार्दै डेभिस मूल्यवान युवा खेलाडी बनेका हुन् ।
इंग्ल्याण्डका फरवार्ड सान्चोको मूल्य १२५.६ मिलियन युरो रहेको छ ।
बार्सिलोनाका अन्सु फाती १२२.७ मिलियन युरो मूल्यसहित तेस्रो स्थानमा रहेका छन् ।
चौंथो स्थानमा रहेका डर्टमण्डका अर्लिङ हालाण्डको मूल्य १२०.३ मिलियन युरो रहेको छ ।
यस्तै पाँचौ स्थानमा रहेका म्यानचेस्टर युनाईटेडका मासन ग्रीनउडको मूल्य ११५.५ मिलियन युरो रहेको छ ।







-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)