रियलका डिफेन्डर ईडरलाई कोरोना
सोमबार, कार्तिक १७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर ईडर मिलिटाओलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
रियलले सोमबार ब्राजिलियन डिफेन्डरलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
रियलले ईडरलाई कोरोना देखिए पनि अन्य खेलाडीको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
कोरोना देखिएपछि २२ वर्षीय डिफेन्डर सेल्फ आईसोलेसनमा बसेको रियलले जनाएको छ ।
कोरोना पोजेटिभ आएपछि डिफेन्डर ईडरले च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँगको खेल गुमाउने भएका छन् ।
रियलले समूह चरणको तेस्रो खेलमा इन्टरसँग बुधबार घरेलु मैदानमा खेल्नेछ ।
ईडरले यस सिजन च्याम्पियन्स लिगमा एक र ला लिगामा २ खेल खेलेका छन् ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)