एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ ।
सारजाहमा बैंगलोरले हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ । बैंगलोर र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
सारजाह क्रिकेट मैदानमा बैंगलोर आठौं जितको खोजीमा हुनेछ । बैंगलोर १२ खेलमा ७ जितसहित १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
बैंगलोरका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । बैंगलोर हैदराबादलाई हराएर प्ले अफ पुग्न चाहन्छ ।
बैंगलोरलाई अब प्ले अफ पुग्न मात्र एक जितको खाँचो रहेको छ । त्यसैले बैंगलोर जित निकाल्दै प्ले अफ सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।
यता, हैदराबादका लागि भने यस खेल महत्वपूर्ण रहेको छ । प्ले अफ सम्भावना कायम राख्ने हैदराबादलाई जित बाहेक अन्य विकल्प छैन ।
हैदराबादले १२ खेलमा १० अंक जोडेको छ । हैदराबाद पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
हैदराबादलाई प्ले अफ पुग्न अब बाँकी रहेको दुई खेलमा फराकिलो जित निकलनी पर्ने आवश्यकता रहेको छ ।
यस्तै हैदराबाद बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यस अघिको भेटमा बैंगलोरले हैदराबादलाई १० रनले पराजित गरेको थियो ।