एजेन्सी । घरेलु टिम पाकिस्तानले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा जिम्बावेलाई पराजित गरेको छ ।
रावलपिन्डीमा शुक्रबार पाकिस्तानले भ्रमणकारी टिम जिम्बावेलाई २६ रनले पराजित गरेको हो ।
पाकिस्तानले दिएको २ सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ५५ रनमा समेटियो ।
जिम्बावेका ब्रेन्डन टेलरले १ सय १२ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै वेस्ली मेधेभेरले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्रेइग इर्भिनेले ४२ रन बनाए ।
पाकिस्तानका शहिन शाह अफ्रिदी एक्लैले ५ विकेट लिए । वाहब रियाजले ४ तथा इमाद वासिमले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो ।
पाकिस्तानका लागि हरिस सोहिलले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । खेल्दा इमाम उल हकए ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
इमाद वासिम ३४ रनमा अविजित रहदा फाहिम आश्रफले २३ रन बनाए । अबिद अलीले २१ रन बनाउदा कप्तान बाबर आजमले १९ रन बनाए ।
जिम्बावेका टेण्डी चिसिरो र ब्लिसीङ मुजाराबानीले २/२ विकेट लिए । कार्ल मुम्बा र सिकन्दर राजाले १/१ विकेट लिए ।
जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
दुई टिमबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।
एकदिवसीय सिरिज पछि पाकिस्तानले जिम्बावेसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।