एजेन्सी । बंगलादेशका पूर्व कप्तान शकिब अल हसनमाथि लागेको प्रतिबन्ध आज (बिहीबार) बाट फुकुवा हुँदैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्ध सकिएसँगै अलराउण्डर शकिब मैदान फर्कन पाउने छन् ।
आईसीसीले गत वर्ष भ्रष्ट्राचार सम्बन्धि नियम उलंघन गरेको भन्दै शकिबलाई १२ महिनाको प्रतिबन्ध लगाएको थियो ।
आईसीसीको एन्टी करप्सन युनिटको अनुसन्धानमा शकिब दोषी प्रमाणित देखिएका थिए ।
शकिबले एन्टी करप्सन कोडको तीन मुख्य नियम उलंघन गरेको आईसीसीले जनाएको थियो ।
शकिबले विभिन्न खेलमा खेल सट्टेबाजी (बेटिङ) का लागि आएको प्रस्तावको रिपोर्ट आईसीसीलाई नदिएको आरोप लागेको थियो ।
सन् २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बावेबीचको त्रिकोणात्मक सिरिज र इण्डियन प्रिमियर लिगको विभिन्न खेलमा बेटिङको सूचना पाएपनि उनले रिपोर्ट नगरेको बताईएको छ ।
३३ वर्षीय शकिबले बंगलादेशका लागि ३३८ खेल खेलेका छन् ।
अब फेरी उनी टिममा फर्कने बताईएको छ ।
यति बेला शकिब अमेरिकामा परिवारसँग समय बिताईरहेका छन् ।