एजेन्सी । दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिरले मेलबर्न रेनेगेड्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
रेनेगेड्सले बिहीबार विदेशी खेलाडीको रुपमा स्पिनर ताहिरलाई अनुबन्धन गरिएको जनाएको छ ।
तर, ताहिर क्रिसमसपछि मात्र टिममा सामेल हुने रेनेगेड्सले जनाएको छ ।
४१ वर्षीय ताहिरले ३ सय भन्दा बढी टी-ट्वान्टी खेल खेलिसकेका छन् ।
ताहिर अहिले युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सबाट खेलिरहेका छन् ।
यस्तै रेनेगेड्सले अफगानिस्तानका युवा स्पिनर नुर अहमेदलाई समेत अनुबन्ध गरिएको जनाएको छ ।
ताहिरको अनुपस्थितिमा १५ वर्षीय अहमेदले टिमको स्पिन बलिङ सम्हाल्ने रेनेगेड्सले जनाएको छ ।
सन् २००५ मा काबुलमा जन्मिएका अहमेदले १४ वर्षको उमेरमा गत संस्करणको यू-१९ विश्वकप खेलेका थिए । अहमदले १५ टी-ट्वान्टी क्रिकेट खेलिसकेका छन् ।
'नुरलाई एक वर्षबाट हेर्दै आएका थियौं । उनि हाम्रो टिममा आउनु हाम्रो लागि फाइदा हो,' रेनिगेड्सका प्रशिक्षक माइकल क्लिङगरले भने, 'उनीलाई धेरैले याद गरेका थिएनन् । उनी यस्ता खेलाडी हुन् जसले दुवै तर्फ बल गुमाउने क्षमता राख्दछन् ।'
यस अघि रेगेगेड्सले अफगानिस्तानका मोहमद नाबीलाई अनुबन्धित गरिसकेको छ ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर ३ बाट सुरु हुनेछ ।
यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईने छ ।