एजेन्सी । अफगानिस्तानका स्पिनर राशिद खानले एडिलेड स्ट्राइकर्सबाटै अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेल्ने भएका छन् ।
राशिदले नयाँ सिजनको बीबीएलका लागि एडिलेडसँग सम्झौता गरेका छन् ।
एडिलेडले बिहीबार राशिदले नयाँ सिजनको लागि सम्झौता गरेको जनाएको छ ।
२२ वर्षीय स्पिनर राशिद सन् २०१७ मा एडिलेडसँग जोडिएका थिए ।
उनी एडिलेडका सर्वाधिक विकेट लिने तेस्रो खेलाडी हुन् । उनले४० खेलमा ५६ विकेट लिईसकेका छन् ।
यस्तै अर्को अफगानी खेलाडी मोहमद नाबीले समेत मेलबर्न रेनेगेडबाटै बीबीएल खेल्ने भएका छन् ।
नाबीले मेलबर्नसँग नयाँ सम्झौता गरेका छन् ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर ३ बाट सुरु हुँदैछ ।